इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टका लागि पाकिस्तान टिमको घोषणा

इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टका लागि पाकिस्तान क्रिकेट टिमको घोषणा भएको छ ।

कोरोनाका कारण लकडाउन भएपछि पहिलो पटक टेष्ट सिरीज खेल्न लागेको पाकिस्तानले पहिलो टेष्टका लागि १६ खेलाडीको टिम तयार पारेको हो ।

अजहर अलीको कप्तानीमा रहेको टिममा असाद खान, मोहम्मद अब्बास, बाबर अजाम, कासिफ भाटी, साहिन अफ्रिदी, सान मक्सुद, मोहम्मद रिजवान, नसिम साह, अबिड अली, सरफराज अहमेद, सोहेल खान, इमाम उल हक, सदाव खान, यासिर शाह र फवाद आलम रहेका छन ।

पाकिस्तानले इंग्ल्यान्डसँग तीन खेलको सिरिज खेल्दैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा बुधबार सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest