आइपीएलको प्रमुख प्रायोजनबाट हट्याे भिभाे

चीनियाँ कम्पनी भिभोले इण्डियन प्रिमियर लिग आइपीएलको प्रमुख प्रायोजन फिर्ता लिएको छ ।

भारत र चीनबीच पछिल्लो समय बढ्दो तनाब र त्यसले सिर्जना गरेको परिस्थितीका कारण भिभोले प्रायोजन फिर्ता लिएको बताएको छ । सन् २०१८ मा भिभोले आईपीएलका लागि पाँच वर्षको सम्झौता गरेको थियो । भिभोले पाँच वर्षमा झण्डै २२ सय करोड भारुको सम्झौता गरेको थियो ।

तर, पछिल्लो जुनमा लद्दाकमा भएको चिनियाँ र भारतीय सेनाबीचको झडप र त्यसपछि सामाजिक सञ्जालमा देखिएको चरम आलोचना पछि भिभोले आईपीएलको साथ छोड्ने निर्णय गरेको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र आईपीएलले भने अर्को सिजन फेरी सहकार्य हुने अपेक्षा गरेका छन् ।

आईपीएल आउँदो सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुने तय भइसकेको छ । भिभो बाहेक अन्य प्रायोजक भने यो संस्करणमा पनि कायम रहनेछन् । ५३ दिन चल्ने प्रतियोगिताका १० वटा म्याच दिउँसो तथा बाँकी म्याच रातीको समयमा हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest