आयरल्याण्डकाे राेमाञ्चक जित

इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा आयरल्याण्डले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा आयरल्याण्डले एक बल बाँकी हुँदा इंग्ल्याण्डलाई सात विकेटले हरायो । जितपछि पनि आयरल्याण्डले तीन खेलकाे सिरीज २-१ ले गुमाएकाे छ । पहिलाे र दाेस्राे एकदिवसीय खेलमा इ‌ग्ल्याण्ड विजयी भएकाे थियाे ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर तीन सय २८ रनको योगफल तयार पार्यो ।

खराब सुरुवात गरेको इङ्ग्ल्यान्डको पारीमा  कप्तान मोर्गनले सर्वाधिक एक सय छ रन प्रहार गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ८४ बलको सामना गर्दै १५ चौका र चार छक्का प्रहार गरे । एकदिवसीयमा मोर्गनको यो १४ औं शतक हो ।

४४ रनको अवस्थामा तीन विकेट गुमाएको इङ्ग्ल्यान्डको लागि मोर्गनले पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका टम बान्टनसँग मिलेर चौथो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरे । ५१ बलको सामना गरेका बान्टनले पनि ५८ रनको पारी खेले ।

त्यस्तै आठौँ नम्बरमा ब्याटिङ गर्न आएका डेभिड विलीले पनि तुफानी पारी खेल्ने क्रममा ४२ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्दतमा ५१ रन बनाएर आउट भए । त्यस्तै नवौँ नम्बरमा ब्याटिङ गरेका टम कुर्रानले पनि अविजित रहँदै ३८ रनको योगदान दिए ।

आयरल्याण्डका क्रेग योङ्गले सर्वाधिक तीन तथा जोस लिटल र कर्टिस क्यामफरले समान २-२ विकेट हात पारे ।

जवाफमा आयरल्याण्डले ४९ ओभर पाँच बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । आयरल्याण्डको जितमा पउल स्ट्रलिङ र कप्तान एन्डी बारबेरर्नीले शतकीय पारी खेले । ५० रनमा पहिलो विकेट गुमाएको आयरल्याण्डका लागि एन्डी र पउलले दोस्रो विकेटका लागि दुई सय १४ रनको साझेदारी गर्दै टिमको जितको यात्रा बलियो बनाएको थिए ।

जसमा पउलले एक सय २८ बलमा एक सय ४२ रन बनाए । जसमा उनले नौ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै एन्डीले एक सय १२ बलमा एक सय १३ रन बनाए । जसममा १२ चौका प्रहार गरे । यस्तै हेरी टेक्टोरले अविजीत २९ तथा केभिन ओब्राइनले अविजीत २१ रन बनाए ।
यो आयरल्याण्डको एकदिवसिय क्रिकेटमा सर्वाधिक ठुलो रनको चेज हो ।

यसअिघ उसले २०११ को विश्वकपमा इंग्ल्याण्डलाई नै ठुलो रनको लक्ष्यमा हराएको थियो । यसका साथै आयरल्याण्डले सुपर लिगमा १० अंक बनाएको छ । आइसीसीले आयोजना गरिरहेको सुपर लिग २०२३ को विश्वकप छनोटको माध्यम हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest