सीपीएल खेल्न गएका सन्दिपकाे काेराेना रिपाेर्ट ‘नेगेटिभ’

क्यारेवियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागोमा रहेका सन्दिप लामिछानेको कोरोना परिक्षण नेगेटिभ आएको छ ।

टिमलाई अहिले क्वारेन्टिनमा रहेपछि सबै खेलाडीको ट्रिनिडाड पुग्नेवितिक्कै गरेको परिक्षणमा नेपाली खेलाडी सन्दिप लामिछानेको नेगेटिभ आएको छ । सन्दिपसँगै जमैका टिमका अरु खेलाडी र अफिसियलको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

सीपीएल आयोजकले पछिल्लो पटक जारी गरेको सूचना अनुसार एक सय ६२ जनाको परिक्षण गरेकोमा सबैको नेगेटिभ आएको छ । सीपीएल टिम जमैकाले आफ्नो पुरै टिमलाई एउटा होटेलमा क्वारन्टिनमा राखेको छ ।

टिमका खेलाडीको दोस्रो चरणको परिक्षण केहि दिनमा गरिने सीपीएले बताएको छ । यदि यो बेला कोहिपनि खेलाडीको परिक्षण पोजेटिभ आएमा उनीहरुलाई छुट्टै स्थानमा आइसोलेसनमा राखिने बताइएको छ ।

लामो समयको अन्योलपछि जुलाई ३० तारिखमा सन्दिप अमेरीका हुँदै वेष्ट इन्डिज पुगेका थिए । सेन्ट लुसियाबाट जमैका टिमले सबै खेलाडीलाई ट्रिनिडाड लगेर आइसोलेसनमा राखेको छ ।

क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुँदैछ । कोरोनाका कारण यसपटक दर्शक विना नै सीपीएल हुने भएको छ । जसमा ट्रिनिडाड एण्ड टोबागोको दुई वटा मैदानमा पुरै प्रतियोगिताका खेलहुनेछन ।

सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest