धाेनीले सुरू गरे तयारी

आसन्न इन्डियन प्रिमियर लिग आइपीएलका लागि भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनी प्रशिक्षणमा फर्किएका छन ।

धोनी झारखण्डस्थित स्टेट क्रिकेट मैदानमा प्रशिक्षणमा फर्किएका हुन । पछिल्लो केहि दिनबाट उनी नियमित प्रशिक्षण गरिरहेको बताइएको छ । उनले त्यो मैदानमा रहेका इन्डोर र बलिङ मेसिनको सुविधालाई प्रयोग गरेको बताइएको छ ।

कोरोनाका कारण लकडाउन हुँदा उनलाई बलिङ गर्ने धेरै बलर नभएको बताइएको छ । जसका कारण उनले बलिङ मेसिनको प्रयोग गरेका छन । सन् २०१९ मा भएको विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग पराजित भएपछि उनी सक्रिय क्रिकेटमा देखिएका छैनन् । कतिले उनले सन्यास लिनुपर्ने पनि बताएका छन । तर धोनी आइपीएलका लागि आफुलाई तयार पार्न ध्यानमा लागेका छन ।

आइपीएलका लागि चेन्नेई टिम २० अगष्टमा एकजुट हुने भएको छ । त्यसपछि टिम यूएई प्रस्थान गर्नेछ । धोनीले राँचीमा केहि साता प्रशिक्षण गर्ने समय पाएका छन । ३९ बर्षे धोनीले एक महिना लामा प्रशिक्षण क्याम्प गर्ने भनिएपनि कोरोनाका कारण यसअघिको त्यो तालिका स्थगित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest