इंग्ल्यान्ड क्रिकेट टिमको भारत भ्रमण स्थगित

इंग्ल्यान्ड क्रिकेट टिमको भारत भ्रमण स्थगित भएको छ ।

कोरोना भाईरसको कारण टी-ट्वान्टी विश्वकप स्थगित भएपछि इंग्ल्यान्डले भारत भ्रमण स्थगित गरेको हो ।

अष्ट्रेलिया यस वर्ष आयोजना हुने भनिएको विश्वकप अघि इंग्ल्यान्डले भारत भ्रमणको योजना बनाएको थियो ।

इंग्ल्यान्डले विश्वकप तयारीको लागि सेप्टेम्बर र अक्टोबरमा भारतसँग लिमिटेड ओभरको सिरिज खेल्ने तय भएको थियो ।

तर, विश्वकप एक वर्ष पछि सरेपछि सिरिज स्थगित गरिएको हो ।

यस्तै इंग्ल्यान्डले २०२१ को जनवरी देखि मार्चभित्र भारतसँग नयाँ सिरिज खेल्नेबारे छलफल भईरहेको बताईएको छ ।

यस भ्रमण स्थगित भएसँगै इंग्ल्यान्डले समर र क्रिसमसको बीचमा कुनैपनि भ्रमण नगर्ने भएको छ ।

यस अघि इंग्ल्यान्डले श्रीलंकासँगको मार्चमा तय भएको टेस्ट सिरिज स्थगित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest