पहिलाे टेष्टमा पाकिस्तान ३ विकेटले पराजित

पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले तीन विकेटकाे रोमाञ्चक जित हात पारेकाे छ । जितसँगै इंग्ल्यान्डले तीन टेष्ट सिरिजमा १–० को अग्रता बनाएकाे छ ।

पाकिस्तानले पहिलो पारीमा ३२६ रन बनाएको थियो । उसका लागि शान मासुदले शतक प्रहार गरेका थिए । सानले १५६ रनको योगदान गरेका थिए । बाबर आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा शादब खानले ४५ रन बनाए । अबिद अलिले १६ जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

जवाफमा इंग्ल्याण्ड पहिलो पारीमा मात्र २१९ रनमा अलआउट भयो । पहिलो पारिमा राम्रो पकड बनाएको पाकिस्तानको ब्याटिङ दोस्रो पारीमा भने खराव रह्यो ।
पाकिस्तानका लागि यासिर शाहले सर्वाधिक ३३ रन बनाए । यस्तै असाद शाकिबले २९ तथा मोहमद रिजवानले २७ रन बनाए ।अबिद अली २० रनमा पेभेलियन फर्किए ।

इंग्ल्यान्डका स्टुवार्ड ब्रोडले ३ विकेट लिए । बेन स्टोक्स र क्रिस वोक्सले २/२ विकेट लिए ।

चौथो दिन इंग्ल्यान्डका तल्लोक्रमका ब्याट्सम्यानले राम्राे साझेदारी गरेपछि २ सय ७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा पूरा गर्यो ।

११७ रनमा पाँच विकेटकाे अवस्थामा रहेकाे इंग्ल्यान्डलाई क्रिस वोक्स र जस बटलरले जितकाे बाटाे देखाएकाे थिए । उनीहरुले १ सय ३९ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डको जितमा क्रिस वोक्स ८४ रनमा अविजित रहे भने बटलरलाई ७५ रनकाे याेगदान गरे ।

यस्तै कप्तान जो रुटले ४२ र ओली पोपले मात्र सात रन बनाए । तर बटलर र वोक्सबीचको साझेदारी तोड्न नसक्दा पाकिस्तान पराजित हुन पुगेको हो । पाकिस्तानका यासिर शाहले सर्वाधिक ४ विकेट लिए । मोहम्मद अब्बास, नसिम शाह र शाहिन अफ्रिदीले १–१ विकेट लिए ।

तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो खेल अगष्ट १३ देखि साउथह्याप्टनमा सुरु हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest