स्टाेकद्वारा इंग्ल्याण्डकाे टिमबाट नाम फिर्ता

इंग्ल्याण्ड क्रिकेट टिमका भरपर्दा अलराउण्डर बेन स्टोकले पाकिस्तानविरुद्धको बाँकी दुई टेष्ट नखेल्ने भएका छन । उनले पारिवारीक कारणले टिमबाट नाम फिर्ता लिएका छन ।

उनी पारिवारीक कारणले न्यूजिल्याण्ड जाने भएका छन । उनको बुवा आमा न्यूजिल्याण्डमा बस्दै आएका छन । उनी अर्को साता न्यूजिल्याण्ड जाने भएकाले फर्केर आउँदा बाँकी दुई टेष्ट नखेल्ने बताइएको छ ।

यसअघि पनि स्टोक्स दक्षिण अफ्रिकी भ्रमणमा हुँदा बुवा अचानक अस्ताल भर्ना भएपछि त्यो सिरीज छोडेर फर्किएका थिए । अहिले फेरी न्युजिल्याण्डमा बसिरहेका उनका बुवा विरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest