आइसीसीको नयाँ अध्यक्ष चयनको प्रक्रियाकाे निर्णय हुँदै

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको नयाँ अध्यक्ष चयनको प्रक्रियाका लागि आज बैठक बस्दैछ । जसमा आइसीसीको निर्वाचनका लागि चुनाव कसरी गर्ने त्यसको मिती चयन गर्ने बताइएको छ ।

आजको बैठकमा विभिन्न आइसीसी मातहतको संघको पनि उपस्थिती हुनेछ । तर यो बैठक अनलाईनबाट हुनेछ । यसअघि भएको बैठकमा पनि अध्यक्षको निर्वाचनका लागि अर्को बैठक गर्ने बताएको थियो ।

आजको बैठकले चुनावको मिती र प्रक्रिया तथा मनोनयनको मिती पनि तय गर्ने भएको छ । यसपटक आइसीसीले अध्यक्षको चुनावपनि अनलाईनबाट नै गर्ने भएको छ । तर त्यो कसरी गोप्य र विश्वस्नीय हुन सक्छ भन्नेमा पनि छलफल हुनेछ ।

आइसीसीको अध्यक्ष मनोहर शर्माको कार्यकाल सकिएको एक महिना भन्दा बढि समय भइसकेको छ । अहिले इमरान ख्वाजाले कार्यवहाक अध्यक्षको काम गरिरहेका छ ।

आइसीसीको नयाँ अध्यक्षका लागि बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र इंग्ल्याण्ड बोर्ड प्रमुखको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest