मृगाैलाकाे उपचार गराइरहेका कुन्दनमा काेराेना देखियाे

दुबै किड्नीमा समस्या भएपछि उपचार गराइरहेका क्रिकेटर कुन्दर सिंहको पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

हाल उपचार गराइरहेका कुन्दनको जनकपुर क्षेत्रीय अस्पतालमा पीसीआर परिक्षण भएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

सिंह हाल आइसोलेसनमा रहेर उपचार गराइरहेका छन । कुन्दनले २०१८ मा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा जनकपुर टिमबाट खेलेका थिए ।

उनको उपचारका लागि यतिबेला कुन्दन बचाउ अभियानबाट रकम संकलन भइरहेको छ । उनको किड्नी फेर्नुपर्ने अवस्था रहेको र त्यसमा पनि कोरोना देखिएको बताइएको छ ।

उनकाे सहयाेगमा विभिन्न स्थानबाट रकम जुटिरहेकाे छ भने केहि रकम हस्तान्तरणपनि गरिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest