न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय सिरीजकाे तयारीमा

कोरोना भाइरसबाट मुक्त हुने पहिलो देश बनेको न्युजिल्याण्डले आगामी समरमा वेष्ट इन्डिज, पाकिस्तान, अष्ट्रेलिया र बंगलादेशसँग सिरीज गर्ने तयारी गरेको छ । यहि बिचमा अष्ट्रेलियन महिला टिमले पनि न्युजिल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डले सरकारसँग मिलेर बायो सेक्युरिटीका विषयमा छलफल गरिरहेको छ । पाहुना टिमलाई कहाँ राख्ने र कसरी १४ दिनको आइसोलेसन राख्ने भन्नेमा निधो गर्न बाँकी रहेको छ ।

न्यूजिल्याण्ड क्रिकेट टिमका प्रमुख कार्यकारी अधिकृत डेविड ह्वाइटले इंग्ल्याण्ड क्रिकेट बोर्डले प्रयोग गरेको मोडललाई अपनाउने सोच बनाएको छ ।

अहिलेको अवस्थामा पाकिस्तान र वेष्ट इन्डिजले टेष्ट र टी २०, बंगलादेशले एकदिवसिय र टी २० र अष्ट्रेलियाले टी २० सिरीज खेल्ने तालिका रहेको छ । तर यसको अन्तिम निर्णय केहि सातामा गर्ने बताइएको छ ।

वेष्ट इन्डिज र पाकिस्तानको टेष्ट सिरीज वल्र्ड च्याम्पियनसिप अन्तर्गत हुनेछ । अन्तिम पटक न्यूजिल्याण्ड क्रिकेट टिमले अष्ट्रेलियाविरुद्ध बन्द रंगशालामा मार्चको मध्यमा सिरीज खेलेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest