२०२१ काे टी-२० विश्वकप भारतमा नभए श्रीलंका र यूएई मध्ये एक देशमा हुने

भारतमा हुने याेजनामा रहेकाे सन् २०२१ मा हुने टी २० विश्वकप क्रिकेटको ब्याकअप भेन्युका रुपमा श्रीलंका र यूएई रहेका छन । अहिलेको कोरोनाको अवस्था त्यो बेलासम्मपनि रह्यो र भारतले विश्वकप गर्न सकेन भने श्रीलंका र यूएर्ई ब्याकअपका रुपमा रहने भएका छन ।

कोरोनाका कारण यो बर्ष स्थगित भएको टी २० विश्वकप अर्को बर्ष भारतले गर्ने योजना रहेको छ । हुन त एउटा देशमा विश्वकप नभएमा त्यसको ब्याकअपमा अर्को देशलाई राख्ने आइसीसीले पहिलेदेखि नै गर्दै आएको छ । तर यो पटक भने विश्वमा नै महामारीका रुपमा रहेको कोरोनाले केहि फरक रहेको छ ।

यो बर्ष सरिसकेको विश्वकप फेरी अर्को बर्षपनि नसरोस भनेर आइसीसीले श्रीलंका र यूएईलाई ब्याकअपका रुपमा राखेको हो । कोरोनाले भारतमा नराम्रोसँग प्रभाव पारिराखेको छ । २० लाख भन्दा बढि मानिस संक्रमित भइसकेका छन ।

भारतीय क्रिकेट बोर्डलेपनि इन्डियन प्रिमियर लिग यूएईमा सारेको छ । यस्तै घरेलु क्रिकेटको पनि प्रस्तावित तालिकामात्र बनाएको छ । भारतमा यो भाइरसको प्रभाव कहिलेसम्म रहन्छ भन्ने एकिन छैन ।

केहि दिन अगाडी आइसीसीसँगको छलफलमा बीसीसीआईले २०२१ को विश्वकप आफुले गर्ने बताएको थियो । २०२२ को विश्वकप अष्ट्रेलियालाई गराउने निर्णय भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest