हफिज सेल्फ आइसोलेसनमा

पाकिस्तान क्रिकेट टिमका खेलाडी मोहम्मद हफिजले बायो सेक्युरिटी प्रोटोकल उलंघन गरेपछि सेल्फ आइसोलेसनमा बसेका छन ।

इंग्ल्याण्डको टेष्ट सिरीजका लागि म्यानचेस्टर पुगेका हफिजले अनिवार्य जस्तै मानिएको नियम तोडेपछि आइसोलेसनमा बसेको बताएका छन ।
उनले आफ्नो आधिकारीक ट्विटरमा यो कुराको जानकारी दिएका हुन ।

उनी बेलायत पुगेपछि आफु बसेको होटेल नजिकै रहेको गल्फ कोर्षको तस्विर सामाजिक सञ्जालमा राखेका थिए । जसका कारण उनले नियम उलंघन गरेर बाहिर निस्किएको भन्दै आलोचना गरिएको थियो ।

जसका कारण उनको कोरोना परिक्षण गरिएको छ । पाकिस्तानले आजबाट इंग्ल्याण्डविरुद्ध दोस्रो टेष्ट खेल्दैछ । तर उनी टिमबाट बाहिर रहेका छन ।

म्यानचेस्टरमा हुने दोस्रो टेष्टका लागि पाकिस्तानले १६ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जसमा हफिज समावेश छैनन् । पहिलो टेष्टमा इंग्ल्याण्ड तीन विकेटले विजयी भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest