अष्ट्रेलियाले इंग्ल्याण्डमा टी-२० र एकदिवसिय सिरीज खेल्ने

इंग्ल्याण्डविरुद्धको एकदिवसिय र टी २० सिरीजका लागि अष्ट्रेलियाले २१ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

अष्ट्रेलियाले इंग्ल्याण्डसँग उसकै मैदानमा एकदिवयि र टी २० सिरीज खेल्दैछ ।

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको २१ खेलाडीको सूचीमा कप्तानका रुपमा आरोन फिन्च रहेका छन । जसमा अष्ट्रेलियाले तीन टी २० र तीन एकदिवसिय सिरीज खेल्नेछ । अगष्ट २३ ताखिरमा अष्ट्रेलियाले आफ्ना खेलाडीलाई पर्थमा क्याम्पका लागि बोलाएको छ ।

जसमा तीन टी २० र एक एकदिवसिय खेल खेल्नेछ । त्यसपछि अष्ट्रेलिया इंग्ल्याण्ड प्रस्थान गर्नेछ ।

कोभिड १९ को महामारी जारी हुँदापनि इंग्ल्याण्डले एकपछि अर्को सिरीजको आयोजना गरिरहेको छ । अष्ट्रेलियाले कोभिडपछि पहिलो सिरीज खेल्दैछ ।

अष्ट्रेलियाले साउथह्याम्टन र म्यानचेस्टरमा सिरीज खेल्नेछ । जसमा चार देखि आठ सेप्टेम्बरसम्म टी २० सिरीज खेल्नेछ भने ११ देखि १६ सेप्टेम्बरसम्म एकदिवसिय सिरीज हुनेछ ।

अष्ट्रेलिया टिम
आरोन फिन्च, सिन अबोट, एस्टोन अघर, एलेक्स कारे, पाट कुमिन्स, जोस हेजलहुड, मार्नुस, नाथन लियोन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, रिले मेरेडिथ, जोस फिलिप, डेनियल साम्स, केन रिचार्डसन, स्टेभेन स्मिथ, मिचेल स्टार्क, मार्कुस स्टोनीस, एन्र्डु टेई, म्याथ्यु वाडे, डेविड वार्नर, एडम जाम्पा

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest