अष्ट्रेलियन खेलाडीले आइपीएलका केहि खेल गुमाउने

इंग्ल्याण्डसँगको एकदिवसिय र टी २० सिरीजका कारण अष्ट्रेलियाका १२ खेलाडीले इन्डियन प्रिमियर लिगको सुरुवाती चरणका खेल गुमाउने भएका छन ।

अष्ट्रेलियाले सार्वजनिक गरेको २१ खेलाडीको सूचीमा १२ जना आइपीएल खेल्ने खेलाडी रहेका छन । जसमा आरोप फिन्च, पाट कुमिन्स, डेविड वार्नर, स्टेभेन स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, जोस फिलिप, केन रिचार्डसन, एलेक्स कारे, मार्कुस स्टोनीस, जोस हेजलहुड, एन्र्डु टेइ रहेका छन ।

वार्नर हैदरावाद, स्मिथ राजस्थान, म्याक्सवेल पञ्जाव, मार्स हैदरावाद, फिलिप र रिचार्डसन बैंगलोर, एलेक्स र मार्कुस दिल्ली, हेजलहुड चेन्नेई, एन्र्डु राजस्थानबाट खेल्नेछन ।

सेप्टेम्बर चार तारिखबाट सुरु हुने इंग्ल्याण्डसँगको सिरीज सकिएपछि मात्र उनीहरु यूएईमा आइपीएलका लागि जानेछन । उनीहरु टिमको होटलमा जानुभन्दा अगाडी विमानस्थलमा परिक्षण हुनेछ । त्यसपछि नियम अनुसार सात दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । जुन बेला तीन चरणमा पीसीआर परिक्षण हुनेछ ।

यसपटकको आइपीएलका कोरोनाका कारण यूएईमा हुनेछ । जसलाई भारत सरकारले पनि अनुमति दिइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest