धाेनीले लिए सन्यास

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यास लिएका छन । भारतीय क्रिकेटको इतिहासमा सफल कप्तान रहेका धोनीले इन्डियन प्रिमियर लिग खेल्नु अगाडी सन्यासको घोषणा गरेका हुन । उनले आफ्नो इन्टाग्राममा राखेको भिडियोबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले सो भिडियोबाट सबै समर्थकलाई धन्यवाद दिएका छन । शनिबार साँझ साँढे सात बजे उनले इन्टामा भिडियो पोष्ट गरेर सन्यासको जानकारी दिएका हुन ।

छोटो ओभरको खेलमा सर्वाधिक सफल कप्तान रहेका धोनीले भारतलाई आइसीसीका तीनै प्रतियोगिताको उपाधि जितेका थिए । उनको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसिय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेका थिए ।

यसका साथै २०१९ को एकदिवसिय विश्वकपमा सेमिफाइनलमा न्यूजिल्याण्डसँग पराजित भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरीएका थिए । त्यसपछि उनका बारेमा विभिन्न अडकलवाजी भइरहेका थिए । कोहिले उनले सन्यास लिनुपर्ने बताएका थिए भने कोहिले टी २० विश्वकपमा स्थान दिनुपर्ने धारणा राखेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले १३ औं संस्करणको आइपीएल भने खेल्ने भएका छन । उनले २०२२ सम्म चेन्नेईबाट खेल्ने बताएका छन ।

सन् २०१७ को जनवरीमा एकदिवसिय क्रिकेटको कप्तानबाट राजिनामा दिएका धोनीले २०१४ को डिसेम्बर ३० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । ३९ बर्षे धोनीले भारतका लागि तीन सय ५० एकदिवसिय र ९० वटा टेष्ट खेलेका छन । यस्तै ९८ टी २० खेल खेलका छन ।

सन् २००७ मा भारतको कप्तान बनेका धोनीले टिमलाई टेष्ट बरियतामा शिर्ष स्थानमा पुर्याएका थिए । उनी तीन वटै फरम्याटमा ५० भन्दा बढि खेलमा कप्तानी गर्ने एक्लो खेलाडी हुन ।

सन् २००४ मा भारतबाट डेब्यु गरेका राँचीका खेलाडी धोनीले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी २० विश्वकपको उपाधि जितेका थिए ।
त्यसपछि उनले राहुल द्रविडको स्थान लिदै एकदिवसियको कप्तान बनेका थिए । त्यसपछि अनिल कुम्ब्लेको स्थानमा टेष्टको कप्तान बनेका थिए ।

धोनीले एकदिवसिय क्रिकेटमा १० हजार सात सय ७३ रन बनाएका छन जसमा १० शतक र ७३ अर्धशतक रहेका छन । यस्तै उनले टी २० मा ९८ खेलमा १६१७ रन बनाएका छन । टेष्टमा उनले ९० खेलमा चार हजार आठ सय ७६ रन बनाएका छन । जसमा उनको उच्च स्कोर २२४ रन रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest