रैनाकाे पनि सन्यास

भारतीय क्रिकेट खेलाडीले शनिबारको दिन सन्यास लिनेको क्रम नै सुरु भयो । पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यासको घोषणा गरेको एक घण्टामा सुरेस रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

सन् २००५ जुलाई ३० तारिखमा श्रीलंकाविरुद्धको खेलबाट एकदिवसिय क्रिकेटमा डेब्यु गरेका रैनाले १८ टेष्टमा सात सय ७८ रन बनाएका छन । यस्तै उनले दुई सय २६ खेलमा पाँच हजार ६१५ रन बनाएका छन ।

यस्तै उनले ७८ टी २० खेलमा १६०५ रन बनाएका छन । उनले टेष्टमा एक तथा एकदिवसियमा पाँच शतक हिर्काएका छन । यस्तै उनको नाममा टी २० मा पनि शतक रहेको छ ।

रैना धोनीको निकै मिल्ने साथी मानिन्छन । रैना आइपीएलमा पहिलो सिजन देखि नै धोनीको टिम चेन्नेई सुपर किंग्सबाट खेलिरहेका छन ।
रैनाले आइपीएलमा १९३ खेलमा ५ हजार ३६८ रन बनाएका छन । यसमा उनको नाममा एक शतक पनि रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest