बर्षाले बिथाेलिएकाे खेलमा पाकिस्तान २३६ रनमा समेटियाे

इंग्ल्याण्डसँगको दोस्रो टेष्टको पहिलो पारीमा पाकिस्तान दुई सय ३६ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९१ ओभर दुई बलमा दुई सय ३६ रन बनायो । पहिलो दिनमा सुरुवातमा बर्षाले बाधक बनेको खेल दोस्रो दिनपनि पुरै हुन सकेन । तेस्रो दिन झन बर्षाले खेल हुन सकेन ।

चौथो दिनको विहानी शस्त्रमा पाकिस्तान अलआउट भएको हो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा मोहम्मद रिजवानले सर्वाधिक ७२ रन बनाए भने बाबर अजामले ४७, अबीद अलीले ६० तथा अजहर अलीले २० रन बनाएका बाँकी खेलाडी एकपछि अर्काे रुपमा आउट भए ।

एक सय ७१ रनमा सात विकेट गुमाएको पाकिस्तानको पारीमा बर्षा बाधक बन्यो । जसका कारण अब यो टेष्ट बराबरीमा तर्फ अगाडी बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest