भारतीय पूर्व क्रिकेटर चाैहानकाे निधन

भारतीय पूर्व क्रिकेटर तथा उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएकाे छ । अघिल्लो महिना कोरोना पोजेटिभ देखिएका चेतनको उपचारका क्रममा निधन भएकाे हाे ।

कोरोना पोजेटिभ देखिएपछि उनको किड्नी र उच्च रक्तचापपनि देखिएको थियो । जसका कारण उनलाई सुविधासम्पन्न अस्पतालमा सरेर उपचार भइरहेकाे थियाे । ७३ बर्षे चेतन गुरुग्रामको मेदांता अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका थिए । चेतनले उत्तर प्रदेशको सैनिक कल्याण, होमगार्ड, पीआरडी र नागरिक सुरक्षा मन्त्रालय मातहतमा रहेका थिए ।

भारतका लागि ४० टेष्ट खेलेका उनले २०८४ रन बनाएका थिए । उनले भारतबाट १९६९ देखि १९७८ सम्म खेलेका थिए । तर उनले करियरमा एउटापनि सतक भने बनाउने सकेनन् ।

यसका साथै उनले सात एकदिवसिय खेल खेलेका थिए । जसमा एक सय ५३ रन बनाएका थिए । उनले ४० टेष्टमा दुई हजार दुई सय ३७ रन बनाएका थिए । उनले सुनील गावस्करसँग मिलेर भारतका लागि माथिल्लो क्रममा राम्रो साझेदारी गरेका थिए । उनीहरुले भारतका लागि तीन हजार एक सय २७ रनको साझेदारी गरेका थिए । जसमा ११ शतकीय साझेदारी रहेका थिए ।

सन् १९६९ मा २२ बर्षको उमेरमा न्यूजिल्याण्डविरुद्धको खेलमा भारतका लागि डेब्यु गरेका चौहानले करियरमा कहिलेपनि शतक बनाएनन् । मुख्य ब्याट्सम्यान भएपनि उनले राम्रो स्कोर भने गर्न सकेनन् । उनी भन्दा धेरै टेष्टमा बलर सेन वार्नको रहेको छ । वार्नले तीन हजार एक सय ५४ रन बनाएका छन ।

चौहानले १६ पटक ५० रन बनाएका थिउ । उनको टेष्टमा उच्च स्कोर ९७ रन रहेको छ । जुन १९८१ मा एडीलेडमा बनाएका थिए । चौहानले पहिलो श्रेणीमा ११ हजार १४३ रन बनाएका थिए । जसमा १७९ खेल खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest