सीपीएल आजबाट सुरु, सन्दिपकाे खेल बुधबारबाट

नेपाली क्रिकेटर सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ । जसमा आज दुई खेल हुनेछन ।

पहिलो खेलमा ट्रिनबागो नाइट राइडसृ र गुएना वारियर्स विच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बारबाडोस र सेन्ट किट्सविच हुनेछ । पहिलो खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल विहान सवा तीन बजेबाट सुरु हुनेछ ।

सन्दिपको टिम जमैकाको खेल भने बुधबार रहेको छ । बुधबारको दिनको पहिलो खेलमा जमैकाले सेन्ट लुसियासँग खेल्नेछ । जुन नेपाली समय अनुसार पौने आठ बजेबाट सुरु हुनेछ ।

लगातार तेस्रो सिजन क्यारेवियन प्रिमियर लिग खेल्न लागेका सन्दिपले पहिलो सिजन सेन्ट किट्सबाट खेलेका थिए भने दोस्रो सिजन र्बाबाडोसबाट खेलेका थिए ।

यो सिजनमा सन्दिप टिमको मार्की खेलाडी रहँदै ९० हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । सिपीएलका लागि सन्दिप जुलाई ३० ताखिरमा वेष्ट इन्डिज उडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest