पाकिस्तान र इंग्ल्याण्डको दोस्रो टेष्ट बराबरी

पाकिस्तान र इंग्ल्याण्डको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । तीन टेष्टको सिरीजमा इंग्ल्याण्डले एक शुन्यको अग्रता बनाएको छ ।

साउथह्याम्टनमा भएको दोस्रो टेष्टमा बर्षा निकै बाधक बन्यो । दुबै टिमले दोस्रो पारी खेल्न पाएनन् । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको पहिलो पारीमा बर्षा पुरै बाधक बन्यो ।

पहिलो दिन देखि बर्षाले खेलमा बाध पुर्याएको थियो । जसका कारण पाकिस्तानको पहिलो पारी चौथो दिनमा आएर सकिएको थियो । जसमा पाकिस्तानले दुई सय ३६ रन बनायो ।

जवाफमा इंग्ल्याण्डले पनि पहिलो पारी पुरै खेलेन । बर्षाले वासआउट हुने मौकालाई कम गर्नका लागि एक सय १० रनमा चार विकेटको अवस्थामा इंग्ल्याण्डले आफ्नो पारीको घोषणा गरेको थियो ।

जसका कारण खेल बराबरीमा सकिएको हो । बराबरीपछि दुबै टिमले टेष्ट च्याम्पियनसिपमा १३–१३ अंक पाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest