खाली हुँदै दक्षिण अफ्रिकी क्रिकेटकाे पाेष्ट

दक्षिण अफ्रिकी अध्यक्षको पदबाट क्रिस नेन्जानीले राजिनामा दिएको केहि घण्टापनि बोर्डका कार्यकारी सिइओ ज्याक्स फउलले पनि पदत्याग गरेका छन ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डको चिफ अपरेटिङ अफिसरलाई बर्खास्त गरेको केहि समयपछि अध्यक्ष क्रिसले राजिनामा दिएका थिए । त्यसको केहि घण्टामा कार्यकारी सिइओले पनि पद छोडेका छन ।

सन् २०१९ मा बोर्डको कायकारी सिइओ बनेका ज्याक्सले सेप्टेम्बर १५ मा बोर्डबाट बाहिरीने बताएका थिए । तर उनले चार साता अगाडी नै राजिनामा दिएका छन ।

पूर्व सिइओलाई बोर्डमा अनियमितता गरेको भन्दै हटाइएको थियो, त्यसपछि उनीको जिम्मेवारी ज्याक्सलाई दिइएको थियो । उनले पूर्व क्रिकेटर ग्रेम स्मिथ र मार्क बाउचरसँग मिलेर राम्रो काम गरिरहेका थिए । उनकै पहलमा स्मिथलाई क्रिकेट डाइरेक्टर र मार्क बाउचरलाई प्रमुख प्रशिक्षकमा ल्याएका थिए ।

पछिल्लो पटक दक्षिण अफ्रिकी क्रिकेटमा केहि समस्या हुँदा अध्यक्षसहित अरु पदाधिकारीको विरोध भइरहेको थियो । जसका कारण एकै दिन दुई ठुलो पदाधिकारीले राजिनामा दिएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest