आइपीएलको मुख्य प्रायाेजक बन्याे ड्रिम ११

इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको मुख्य प्रायोजकका रुपमा ड्रिम ११ भित्रिएको छ । अनलाई फेन्टासी स्पोर्टस कम्पनी ड्रिम ११ले मुख्य प्रायोजक बाफत २२२ करोड भारतीय रुपैयाँ तिरेको छ ।

आइपीएलको गर्भनिङ काउन्सिलका प्रमुख बृजेश पटेलले यो सम्झौता अगष्ट १८ बाट डिसेम्बर ३१ सम्मका लागि रहेको बताएका छन ।

भारत र चीन विचको सिमा विवादका कारण चीनीया उत्पादनको प्रयोगमा विरोध गरेपनि बीसीसीआईले भिभो कम्पनीसँग सम्झौता रद्द गरेको थियो । जसका कारण आइपीएलले नयाँ मुख्य प्रायोजक खोजिरहेको थियो । यसका लागि विभिन्न पाँच कम्पनीले इच्छा देखाएर आवदेन दिएका थिए ।

तर अन्तिममा ड्रिम ११ ले आइपीएलको मुख्य प्रायोजक बन्ने मौका पाएको छ । अब आइपीएलको अगाडी ड्रिम ११ नाम राखिने भएको छ ।

भिभोसँग बीसीसीआईले २०२१ मा फेरी नयाँ तरिकाले सम्झौता गर्ने योजना बनाएको छ । भिभोले पाँच बर्षका लागि आइपीएलसँग दुई हजार एक सय ९९ करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो । तर सिमा विवादका कारण दुई बर्ष अगाडी नै सो सम्झौता तोडिएको हो ।

यसपटक कोरोना भाइरसका कारण आइपीएल यूएईमा हुनेछ । जुन सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म चल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest