दक्षिण अफ्रिकी महिला टिम इंग्ल्याण्ड नजाने

दक्षिण अफ्रिकी महिला क्रिकेट टिमले इंग्ल्याण्डसँगको सिरीजबाट नाम फिर्ता लिएको छ । कोरोना भाइरसका कारण देशबाट बाहिर जान सरकारले नै कडाई गरेका कारण दक्षिण अफ्रिकी महिला टिमले इंग्ल्याण्ड र वेल्स क्रिकेट संघको प्रस्तावलाई अस्विकार गरेको हो ।

सेप्टेम्बर २०२० मा इंग्ल्याण्डसँगको सिरीजका लागि इसीबीको प्रस्तावलाई दक्षिण अफ्रिकाले अस्विकार गरेको हो । इंग्ल्याण्ड क्रिकेट बोर्डले विभिन्न संघहरुसँग इंग्ल्याण्ड महिला क्रिकेटको सिरीजका लागि छलफल र प्रस्ताव गरेको थियो । तर त्यसमा यसअघि भारतले अस्विकार गर्दा अब दक्षिण अफ्रिकाले पनि आउन नसक्ने बताएको छ ।

इंग्ल्याण्ड पहिला क्रिकेट म्यानेजिङ डाइरेक्टर क्लारी कोनोरले आफुहरुले गरेको प्रस्तावमा कुनैपनि देशले सहमति नजनाउँदा निकै दुखी भएको बताएकी छिन ।

दक्षिण अफ्रिकामा कोरोनाको संक्रमण निकै बढेकाले सरकारले नै देशका नागरिकलाई अरु देशमा जान र आउन रोक लगाएको छ । जसका कारण दक्षिण अफ्रिकी क्रिकेटरले मंगलबारबाट सुरु भएको क्यारेवियन प्रिमियर लिगबाट पनि नाम फिर्ता लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest