वाेक्सले आइपीएलबाट नाम फिर्ता लिए

इंग्ल्याण्डका अलराउण्डर क्रिस वोक्सले इन्डियन प्रिमियर लिग आइपीएल नखेल्ने बताएका छन । दिल्ली क्यापिटल्स टिममा रहेका वोक्सले अन्तिम समयमा आइपीएल खेल्न नसक्ने बताएका हुन ।

उनको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी खेलाडी एनरिच नोत्र्जेलाई टिममा लिएको छ । १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि वोक्सले नाम फिर्ता लिनुको कारण भने खुलाएका छैनन् । तर स्रोतका अनुसार कोरोना भाइरसको त्रासका कारण आइपीएलमा सहभागिता जनाउन नसक्ने बताए ।

दिल्लीले वोक्सलाई १.५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर उनी नखेल्ने भएपछि दिल्लीले अघिल्लो सिजन कोलकातामा रहेका नोत्र्जेलाई टिममा अनुबन्ध गरेको छ । अघिल्लो सिजन चोटका कारण आइपीएलमा डेब्यु गर्न नपाएका नोत्र्जेले यो सिजनमा दिल्लीबाट पहिलो पटक आइपीएल खेल्ने मौका पाउने छन ।

वोक्सलाई २०१७ मा कोलकाताले ८.७७ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । जसमा उनले त्यो सिजन १७ विकेट लिएका थिए । यस्तै २०१८ मा उनी बैंगलोर टिममा गएका थिए । त्यो सिजनमा उनले मात्र पाँच विकेट लिएका थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest