बंगलादेशका यू १९ क्रिकेटर इफ्तिखार हुसेनमा कारोना पोजेटिभ देखिएको छ । बंगलादेश क्रिकेट बोर्डले सेरे बांगला नेशनल स्टेडियमको एकेडेमीमा गरेको दोस्रो चरणका परिक्षणमा हुसेनलाई कोरोना पोजेटिभ देखिएको हो ।
अगष्ट २३ मा भएको क्याम्पमा पहिलो चरणमा गरिएको १५ खेलाडीको परिक्षण नेगेटिभ आएको थियो । त्यसमा उनीपनि समावेश थिए । एक महिनापछि फेरी गरिएको दोस्रो चरणको परिक्षणमा पनि उनलाई पोजेटिभ देखिएको छ ।
पहिलो ब्याचको परिक्षण अगष्ट २३ तारिखमा भएको थियो । जहाँ एकेडेमीका सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो । तर दोस्रो चरणमा गरिएको परिक्षणमा पोजेटिभ देखिने हुसेन एक्लो खेलाडी हुन । उनलाई सोहि एकेडेमीमा आइसोलेसनमा राखिएको छ ।
जुलाई १९ बाट बंगलादेशका विभिन्न खेलाडीमा कोरोना पुष्टि भएको छ । यसमा सिनियर क्रिकेट टिमका खेलाडीपनि रहेका छन । उनीहरुले सेरे बांग्ला क्रिकेट मैदानमा रहेको सुविधा प्रयोग गरिरहेका थिए ।
Discussion about this post