धाेनीकाे बिदाई सुखद गर्ने याेजनामा क्रिकेट बाेर्ड

भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीले केहि दिन अगाडी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएर सबैलाई आश्चार्यमा पारे । पछिल्लो एक बर्षदेखि क्रिकेटबाट बाहिर रहेका धोनीको बिदाई सम्मानका साथ हुनुपर्ने भन्दै बीसीसीआईलाई विभिन्न पक्षबाट दबाव आइरहेको छ ।

यस्तैमा बीसीसीआईका एक पदाधिकारीले धोनीको विदाईका लागि एउटा खेलको आयोजना गर्ने तयारी भइरहेको बताएका छन । तर यदि त्यो खेल खेल्न धोनीले नमानेको खण्डमा उनको विदाईका बारेमा बीसीसीआईले प्लान बी पनि बनाएको बताए ।

उनले धोनीले मैदानमा आएर अन्तिम खेल खेल्न नमानेपनि उनलाई विशेष सम्मानका साथ बिदाई गरिने बताए । यसका लागि धोनीसँग कुरा गर्न बीसीसीआईले एक जना पदाधिकारीलाई जिम्मा दिएको छ ।

भारतको तत्काल कुनै अन्तराष्ट्रिय सिरीज नभएको र धोनीको बिदाई आइपीएलपछि मात्र केहि गर्न सकिने ती पदाधिकारीले बताएका छन ।

भारतीय क्रिकेटमा सफल तथा कीर्तिमानी कप्तान धोनी सम्मानको हकदार रहेको र बीसीसीआईले धोनीको विदाई खेल गर्न चाहेको र अब उपयुक्त समयको खोजीमा रहेको ती पदाधिकारीले बताएका छन ।

यस्तै पूर्व क्रिकेटर मदन लालले महान खेलाडीलाई यतिकै सन्यास लिएर जानदिन नहुने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest