सेन्ट लुसियाविरूद्ध सन्दिपकाे टिम टस जितेर बलिङमा

क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले केहि बेरमा सेन्ट लुसियासँग खेल्दैछ । सन्दिपले सुरूवाती ११ मा स्थान बनाएका छन ।

वेष्ट इन्डिज स्ट्रिथ ट्रिनागो एण्ड टोबागोमा जमैकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारी अझैपनि जारी हुँदा विशेष सावधानीका साथ यो प्रतियोगिता सुरु भएको हो । जसमा जमैकाको आज पहिलो खेल हो । कोरोनाकै विचमा सुरु हुने सीपीएल पहिलो फ्रेन्चाइजी क्रिकेट लिग हो ।

लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका सन्दिप यो बर्ष ९० हजार अमेरीकी डलरमा अनुबन्ध भएका हुन । यसअघि उनले दुई सिजन फरक टिमबाट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest