सन्दिपकाे टिमकाे सीपीएलमा विजयी सुरुवात

क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले विजयी सुरु वात गरेको छ । बुधबार भएको खेलमा जमैकाले सेन्ट लुइसलाई पाँच विकेटले हरायो ।

टस हारेर पहिले ब्याटिङको सेन्ट निम्ताे पाएकाे सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए भने नाजिबउल्लाह जाड्रनले २५ रन जोडे । यस्तै आन्द्रे फ्लेटचरले २२ रन बनाउँदा मार्क डियलले १७ तथा मोहमद नाबीले १३ रन जोडे ।

जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिए । आन्द्रे रसेलले पनि एक विकेट लिए ।

जवाफमा जमैकाले १९ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि ग्लेन फिलिप्सले ४४ रन बनाए भने कप्तान रोभमन पावेलले २६ रनको योगदान गरे । यस्तै आन्द्रे रसेलले १६ रन थपे ।

सुरुवात राम्रो गर्न नसकेको जमैकाले पाँच रनमा पहिलो विकेट गुमाएको थियो भने १३ रनमा दोस्रो विकेट खेर फालेको थियो । तेस्रो विकेट लागि रोभमन पावेल र ग्लेन फिलिप्सले अर्धशतकीय साझेदारी गरेका थिए ।

७६ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो विकेट गुमाउने पुग्यो । त्यसपछि उसको स्कोर १२६ रन हुँदा पाँचौ विकेट झर्यो ।

तर त्यसपछि कार्लोस ब्रेथवेट र असिफ अलीले जमैकालाई जीतको नजिक पुर्याए । जसमा अलीले अविजीत ४७ रन बनाए भने ब्रेथवेटले १८ अविजीत रन बनाए ।

अब जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार विहान सवा तीन बजेबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest