दक्षिण अफ्रिकाका २ खेलाडीमा काेराेना

दक्षिण अफ्रिकी क्रिकेट टिमका दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । विहिबार क्रिकेट संघले जारी गरेको विज्ञेप्तीमा दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।

क्रिकेट बोर्डले ५० जना खेलाडी र सपोर्ट स्टाफको परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । तर पोजेटिभ देखिएका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

बोर्डले दक्षिण अफ्रिकामा भएको पुरुष टिमको कल्चर क्याम्प अगाडी परिक्षण गरेको थियो । जसमा ३२ जना खेलाडीको सहभागिता रहेको थियो ।

कोरोना देखिएका दुई जना खेलाडीले आइसोलेसनमा बस्नुपर्ने भएकाले राष्ट्रिय टिमको क्याम्प गुमाउने भएका छन । यसका साथै बोर्डले उनीहरुलाई प्रतिस्थापन गर्ने भएको छ ।

त्यो सस्कृती क्याम्पमा दोस्रो बच्चा जन्मिएकाले फाफ डुप्लिसस भने सहभागि भएका थिएनन् ।

यसअघि बोर्डले जुलाईमा महिला क्रिकेटको पनि टेष्ट गरेको थियो । जसमा तीन खेलाडीमा कोरोना देखिएको थियो । त्यो बेला ३४ महिला खेलाडीको टेष्ट गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest