खेलाडीकाे तलवकाे प्रकृया सुरू

नेपाली क्रिकेटरको तलबका लागि नेपाल क्रिकेट संघ क्यानले प्रक्रिया पुरा गरेर आईसीसीलाई पठाएको छ । सन् २०१९ कै तलब नपाएका क्रिकेटरलाई आईसीसीले भनेको फरम्याटमा हस्ताक्षर संकलन गरेर क्यानले वुधबार पठाएको जनाइएको छ । क्यानले २०१९ को तलबका लागि भिडियो एनालिस्ट रमन शिवाकोटीसहित २३ जनाको हस्ताक्षर गरेर कागजात पठाएको हो ।

क्यान निलम्बनमा रहेका बेला आईसीसीले ने खेलाडीसँग सम्झौता गरेर तलब पठाउने गरेको थियो । यसबीचमा क्यानले काम गर्न शुरु गरिए पनि विभिन्न प्रक्रियागत कारणले समयमै तलब निकासा हुन सकेको थिएन । यस बीचमा कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा आईसीसीको कार्यालय पनि बन्द हुँदा त्यसले पनि केही समय ढिला भएको थियो ।

क्यानले नेपाली खेलाडी २३ जनाको हस्ताक्षर पठाएको हो । त्यसमा नयाँ अनुहारको रुपमा राजु रिजाल पनि रहेका छन् । राजुले एमसीसीसँगको तीन दिवसीय क्रिकेट खेलेकाले आईसीसीले नै केन्द्रीय सम्झौतामा राखेको थियो । अरु नयाँ खेलाडी भने छैनन् । आईसीसीले २०१९ का लागि ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तोकेको थियो ।

तर, अहिले खेलाडीले हस्ताक्षर गर्दा भने तलबको कुरा उल्लेख भने गरिएको छैन । एक साता अघिनै खेलाडीहरुको हस्ताक्षर संकलन गर्न शुरु गरिएकोमा केही खेलाडी काठमाडौं बाहिर रहँदा समस्या भएको थियो । ५ जना खेलाडीका कारण प्रक्रिया ढिला भएको थियो । बाहिर रहेका खेलाडीहरुले हस्ताक्षर गरे स्क्यान गरेर क्यानमा पठाएका थिए । आरिफ शेख, पवन शर्राफ लगाएतका खेलाडीहरु काठमाडौं बाहिर छन् ।

आइसीसीमा हस्ताक्षर सहितको डकुमेन्ट पठाएको र अब उताबाट जतिसक्दो चाँडो बजेट निकासा हुने जवाफ आएको क्यानले जनाएको छ ।
आइसीसीले सन् २०१९ मा राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर तत्कालिन कप्तान र प्रशिक्षकको सल्लाहमा तीन श्रेणीमा खेलाडी बर्गिकरण गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest