पीसीबीविरुद्ध अकमल कानूनी लडाईमा

पाकिस्तान क्रिकेट बोर्ड र क्रिकेटर उमर अकमल विचको कानूनी लडाईले नयाँ रुप लिएको छ । पीसीबीको प्रतिबन्ध विरुद्ध अकमलले कोर्ट अफ आर्विटेसन फर स्पोर्टसमा अपिल गरेका छन ।

अकमलले आफुमाथि बोर्डले लगाएको प्रतिबन्ध हटाउनका लागि कोर्ट अफ आर्बिटेसनमा अपिल गरेका हुन । गत महिना पाकिस्तानको अदालतले पाकिस्तान क्रिकेट बोर्डले लगाएको तीन बर्षको प्रतिबन्ध १८ महिनामा घटाएको थियो ।

तर त्यसको विरुद्ध पाकिस्तान क्रिकेट बोर्डले अघिल्लो महिना अदालतको त्यो निर्णयविरुद्ध कोर्ट अफ आर्बिटेसनमा अपिल गरेको थियो । अब फेरी अकमलले पनि आफ्नो प्रतिबन्ध पुरै फुकुवा होस भनेर सोहि अदालतमा अपिल गरेपछि यो मुद्दाले नयाँ रुप लिएको छ ।

यो बर्षको अप्रिलमा पाकिस्तान क्रिकेट बोर्डले अकमललाई खेल मिलोमतोको प्रस्ताव हुँदापनि बोर्डलाई जानकारी नगराएको भन्दै तीन बर्षको प्रतिबन्ध लगाएको थियो । बोर्डको त्यो कारवाही उनले सुरुवातमा स्विकारेका थिए ।

तरपनि आफ्नो प्रतिबन्धको समय लामो रहेको भन्दै मे महिनामा उनले अदालतमा अपिल गरेका थिए । जसमा अदालतले उनको कारवाही १८ महिनामा झारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest