राजस्थान र पञ्जाव यूएई प्रस्थान

इन्डियन प्रिमियर लिगका लागि किंग्स इलावेन पञ्जाल यूएई प्रस्थान गरेको छ ।

टिममा रहेका अधिकांश खेलाडी आज मुम्बईबाट विशेष विमानबाट यूएई गएका हुन ।

पञ्जावले यूएई पुगेपछि १४ दिनको क्वारेन्टिनको समय विताउने छ । यो क्रममा खेलाडीको तीन चरणको कोरोना परिक्षण हुनेछ ।

पहिलो चरणको परिक्षणपछि खेलाडीलाई सामान्य प्रशिक्षणमा राखिने बताइएको छ । सबै खेलाडीलाई सबै सुविधा भएको रिसोर्टमा राखिने भएको छ ।

यूएईमा कोरोनाको संक्रमण कायमै रहेपनि विशेष सावधानीका साथ आइपीएल गरिने भएको छ । सेप्टेम्बर १९ तारिखबाट सुरु हुने आइपीएलको खेल तालिका केहि दिनमा सार्वजनिक हुने बताइएको छ ।

पञ्जावमा रहेका विदेशी खेलाडीहर भने केहि समयपछि मात्र टिममा समावेश हुने बताइएको छ । आजै राजस्थान राेयल्स टिमपनि यूएई प्रस्थान गरेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest