जमैकाका लागि सन्दिपकाे लगातार दाेस्राे खेलमा पनि विकेट

क्यारेवियन प्रिमियर लिगमा नाइट राइडर्स विरुद्धको खेलमा सन्दिप लामिछाने चार ओभरमा ३० रन दिएर एक विकेट लिएका छन । उनले सुनील नारेनको विकेट लिन सफल भए ।

टिमको नबौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बल डट फालेका थिए । दोस्रो बलमा लेगबाईबाट एक रन दिएका सन्दिपले तेस्रो बलमा एक रन खर्चिए । त्यसपछि चौथो र पाँचौ बलमा एक एक रन दिएका उनले ओभरको अन्तिम बल डट फाले । जसका कारण उनले पहिलो ओभरमा मात्र दुई रन खर्चिए ।

त्यसपछि टिमको ११ औं र ब्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिएका थिए भने दोस्रो बलमा एक रन र तेस्रो बलमा छक्का खाएका थिए ।

चौथो बलमा एक रन दिएका उनले पाँचौ बलमा विकेट लिन सफल भए । उनले अर्धसतक बनाएका सुनील नरानलाई ५८ रनमा आउट गरे । सन्दिपले कार्लोस ब्रेथवेटको हातबाट उनलाई पेभेलियन फर्काए । ओभरको अन्तिम बलमा उनले एक रन खर्चिए । जसका कारण दुई ओभरमा सन्दिपले १५ रन खर्चिएर एक विकेट हात पारे ।

तेस्रो ओभरमा सन्दिपले सात रन दिए । जसमा उनले एक चौका खाए भने दुई वटा क्यानको मौका पनि सिर्जन गरेका थिए ।

१३ औं ओभर बलिङ गर्न आएका सन्दिपले पहिलो बल डट फालेका थिए भने दोस्रो बला ब्राभोले चौका प्रहार गरे । त्यसपछि तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बल डट फाले । पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बलमा पनि एक रन खर्चिए ।

त्यसपछि टिमको १५ औं तथा ब्यक्तिगत चौथो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा एक रन दिए भने दोस्रो ओभरमा चौका खाएका थिए । त्यसपछि तेस्रो ओभरमा उनले दुई रन खर्चिए । तर त्यो बलमा मुुर्नोलाई कार्लोस ब्रेथवेटले क्यान गर्न सकेनन । त्यसपछि उनले चौथो बल डट फाले भने पाँचौ बलमा एक रन दिए ।

जसमा उनले विकेटको अपिल पनि गरेका थिए । ओभरको अन्तिम बलमा उनले एक रन खर्चिए । यससी सन्दिपले चार ओभरमा ३० रन दिएर एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest