सन्दिपकाे टिम ७ विकेटले पराजित

क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भयो ।

ट्रिनडाड स्थित ब्रायन लारा क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो ।

निकै खराव सुरुवात गरेको जमैकाले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो भने १० रनमा दोस्रो तथा १९ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका ओपन चान्डविक वाल्टोन र निकोलस र्किटोनले खाता खोल्न सकेनन् ।

यस्तै कप्तान रोभमन पावेलले आठ रन जोडे । जमैकाको पारीमा ग्लेन फिलिप्स र असिफ अलीले मध्यम साझेदारी गर्दै टिमको पारी सम्हाल्ने कोसिश गरेका थिए । तर अली २२ रनमा आउट हुँदा जमैकाले ५८ रनमो चौथो विकेट गुमायो । त्यसपछि कार्लोस ब्रेथवेटले खाता खोल्न नसक्दा ६३ रनमा जमैकाले पाँच विकेट खेर फाल्यो ।

जमैकाका लागि फिलिप्सले ५८ रन बनाए भने एन्र्डु रसेलले २५ रनको योगदान गरे । यस्तै सन्दिपले अन्तिम ओभरमा ब्याटिङको मौका पाएका थिए । जसमा उनले एक बलपनि खेल्न पाएनन् ।

बलिङमा अली खान र जेडन सिल्स्ले दुई दुई विकेट लिए ।

जवाफमा नाइट राइडर्सले १८ ओभर दुई बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा सुनील नरानले ५३ रन बनाए भने कोलनी मुर्नोले अविजीत ४९ रन बनाए ।

यस्तै ड्वायन ब्राभोले १४ रनको योगदान गरे । बलिङमा सन्दिप लामिछानेले चार ओभरमा ३० रन खर्चिएर एक विकेट लिए । जारी प्रतियोगितामा नाइट राइडर्सको दोस्रो जित हो भने जमैकाको दोस्रो खेलमा पहिलो हार हो । यो जितले नाइटराइडर्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest