नाबी अफगानिस्तान बाेर्ड सदस्यमा नियुक्त

हाल क्यारेवियन प्रिमियर लिगमा ब्यस्त रहेका अफगानिस्तानका अलराउण्डर क्रिकेटर मोहम्मद नाबी आफ्नो क्रिकेट बोर्डको सदस्यमा नियुक्त भएका छन ।

करियरमा अझैपनि सक्रिय क्रिकेट खेलिरहेका ३५ बर्षे नाबीलाई बोर्डले सदस्यमा चयन गरेको हो । उनीसँगै बोर्डले आरोन मीर, रोहउल्ला खन्दाजा र हसिना सफीलाई पनि बोर्डको सदस्यमा मनोनयन गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फराह युसेफजाइले आफ्नो अधिकारको प्रयोग गरेर बोर्डको सदस्यमा नियुक्त गरेका हुन ।

पूर्व कप्तान समेत रहेका नाबीले अफगानिस्तानलाई टेष्ट देश बनाउनम्म महत्वपुर्ण योगदान गरेका छन । नेपालविरुद्ध एसीसी ट्रफि खेल्दा टिमका कप्तान रहेका नाबी विश्वका धेरै फ्रेन्चाइजी लिग खेलेका छन ।

उनले अफगानिस्तानका लागि तीन टेष्ट, ११४ एकदिवसिय र ७८ टी २० खेल खेलेका छन । जसमा उनले टेष्टमा दुई हजार ८२ रन बनाएका छन भने १३० विकेट लिएका छन। यस्तै उनले टी २० मा १३७४ रन बनाएका छन भने ६९ विकेट लिएका छन ।

अफगानिस्तान टिम डिभिजन क्रिकेट खेल्दा महत्वपुर्ण कप्तान बनेका उनले टेष्ट मान्यता पाउनसम्म सधै सदस्य रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest