अष्ट्रेलियन क्रिकेटर ह्वाइटकाे सन्यास

अष्ट्रेलियाका पूर्व कप्तान क्यामरुन ह्याइटले खेलाडी जीवनबाट सन्यास लिने निर्णय गरेका छन । २० बर्ष लामो करियरलाई उनले औपचारिक रुपमा विश्राम लिने निर्णय गरेका हुन ।

अष्ट्रेलियाका लागि एकदिवसीय र टी २० क्रिकेटमा छोटो समयका लागि कप्तानी गरेका क्यामरुन यो साता ३७ बर्ष पुगेका छन । उनले राष्ट्रिय टिमबाट मात्र चार टेष्ट खेलका क्यामरुनले ९१ एकदिवसिय खेल खेलेका थिए । जसमा उनले सात खेलमा कप्तानी गरेका थिए । यसका साथै उनले ४७ टी २० खेल खेलेका थिए ।

करियर लामो भएपनि उनले राष्ट्रिय टिममा धेरै समय स्थान बनाउन सकेनन् । क्यामरुनले एकदिवसय दुई हजार ७२ रन बनाएका थिए भने टी २० मा नौ सय ४८ रन बनाएका छन ।

अहिले पनि घरेलु क्रिकेट खेलिरहेका क्यामरुनले अन्तराष्ट्रिय करियरबाट भने विश्राम लिने निर्णय गरेका छन । उनी अहिलेपनि प्रिमियर लेभलको क्रिकेट प्रतियोगिता खेलिरहने बताएका छन । क्यामरुनले अहिलेपनि मेलबर्न क्रिकेट क्लवको कप्तान रहेका छन ।

खेलाडी जीवन त्यागेपछि उनले प्रशिक्षकका रुपमा आफुलाई स्थापित गराउने योजना बनाएका छन । उनले विगब्यास लिगमा एक बर्ष अझै खेल्ने बताए । किनकी उनको सम्झौता स्ट्राइकर्ससँग अझै एक बर्ष बाँकी रहेको छ ।

अष्ट्रेलियाको घरेलु क्रिकेटमा चर्चित नाम क्यामरुनको सन्यास भने निकै लो लेभलमा भएको छ । घरेलु क्रिकेटमा उनी धेरै शतक बनाउने खेलाडीमा मानिन्छन । उनले घरेलु क्रिकेटमा ६ पटक सेफिल्ड सिल्ड, एकदिवसियको उपाधि र दुई पटक टी २० लिग र बिग ब्यास लिग जितेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest