क्यानद्वारा खेलाडी, कर्मचारी र ग्राउण्ड स्टाफकाे काेराेना बीमा

नेपाल क्रिकेट संघ क्यानले २३ खेलाडी सहित कुल ५० जनाको कोरोना भाइरस (कोभिड १९) को बीमा गरेको छ ।

तर यसअघि योजना बनाए अनुसार महिला खेलाडीको बीमा भने हुन सकेन । महिला खेलाडीको बीमा दोस्रो चरणमा गर्ने योजना क्यानले बनाएको छ ।

क्यानले अहिले आइसीसीसँगको सम्झौतामा रहेका २२ जना सहित थप एक जनाको कोरोना बीमा गरेको छ ।

त्यो सम्झौतामा नरहेका खेलाडीमा किशोर महतो रहेका छन । अरु खेलाडी २०१९ मा गरिएको बर्गिकरणमा रहेका खेलाडी रहेका छन ।

यस्तै क्यानले २३ जना ग्राउण्ड स्टाफको पनि बीमा गरेको छ । जसमा कीर्तिपुर मैदानमा रहेका १६ जना र सात जना मुलपानी मैदानका कामदार रहेका छन ।

यस्तै पाँच जना क्यानका कर्मचारीको पनि कोरोना बीमा गरिएको छ । तर क्यानले यो चरणमा महिला खेलाडीको भने कोरोना बीमा गर्न सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest