सीपीएलमा गुएनाविरुद्ध सन्दिपकाे उत्कृष्ट बलिङ

नेपाली खेलाडी सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सिपीएलमा गुएना वारियर्सविरुद्ध सानदार बलिङ गरेका छन । टस जितेर पहिले बलिङ गरेको जमैकाका लागि सन्दिपले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट लिए । तर उनको टिम जमैका भने १४ रनले पराजित भयो ।

ब्याटिङको निम्तो पाएको गुएनाले निर्धारीत २० ओभरमा सात विकेट गुमाई एक सय १९ रन बनाएका थियो । गुएनाविरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दिपले नवौं ओभरमा बलिङमा आएका थिए । उनकाे पहिलो बलमा रदरफर्डले १ रन लिए । दोस्रो बल रस टेलरले डट खेले भने तेस्रो बलमा एक रन लिए । चौथो बलमा रदरफर्ड बिट हुनपुगे । त्यसपछि बाँकी दुई बलमा रन नदिएपछि सन्दिपले पहिलो ओभरमा २ रन मात्र खर्चिए ।

त्यसपछि टिमकाे ११ औं तथा ब्यक्तिगत दाेस्राे ओभर सन्दिपले एक रन दिएर एक विकेट लिए । ओभरकाे पहिलो बलमा सन्दिपले एक रन दिए । तर दोस्रो बलमा उनले रदरफर्डलाई आउट गर्न सफल भए । गुगली बलमा ठूलो सट खेल्ने रदरफर्ड धुनमा क्याच आउट हुन पुगे । सन्दिपले उनलाई मुजिबको हातबाट क्याचआउट गराए । त्यसपछि क्रिजमा आएका किमो पलविरुद्ध उनले लगातार चार बलमा एक रनपनि दिएनन् ।

जमैकाकाे १३ औं ओभर लिएर आएका सन्दिपले आफ्नाे तेस्राे ओभरमा मात्र तीन रन दिए । उनले पहिलो र दाेस्राे बल डट फालेका थिए । तेस्रो बलमा भने टेलरले एक रन लिए। चौथो बलमा २ रन खर्चिएका सन्दिपले त्यसपछिका २ बल डट फालेका थिए ।

सन्दिपले आफ्नाे चाैथाै तथा अन्तिम ओभरमा २ रन खर्चिएर एक विकेट लिए । जसमा उनले १५ औं ओभरको सुरुवाती दुई बल डट फालेका थिए । उनकाे बलिङमा टेलरले रन जोड्न सकेनन् । तेस्रो बलमा टेलरले एक रन लिन सफल भने तर चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई बोल्ड गरे । लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनलाइ बाेल्ड गरेका हुन ।  पाँचौ बलमा नविन उल हकले डट खाए । छैटौं बल गर्ने क्रममा सन्दीपले वाइड फ्याँके । त्यसपछि अर्को बल डट गर्दै सन्दीपले अन्तिम ओभरमा मात्र २ रन दिँदै विकेट लिए ।

समग्रमा उनले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट हात पारे । सन्दीपले आफ्नो स्पेलमा १८ बल डट फ्याँके ।

जवाफमा जमैका मात्र एक सय चार रन बनाउन सक्यो । जारी सिपीएलमा सन्दिपको यो लगातार दोस्रो हार हो । तर सन्दिपका लागि भने गुएनविरुद्धको खेल फ्रेन्चाइजी क्रिकेटमा दोस्रो सफल बलिङ स्पेल बनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest