कालिस, अब्बास र लिसाले पाए ‘हल अफ फेम’

पाकिस्तानका पूर्व खेलाडी जाहिर अब्बास, दक्षिण अफ्रिकी पूर्व अलराउण्डर ज्याक कालिस र अष्ट्रेलियन पूर्व महिला क्रिकेटर लिसा स्थेलेकेरलाई आइसीसीले हल अफ फेमको अवार्डबाट सम्मानित गरेको छ ।

दक्षिण अफ्रिकी पूर्व अलराउण्डर ज्याक कालिसलाई पनि आइसीसीले हल अफ फेमको अवार्ड दिएको छ । केपटाउनको कालिसले १९ बर्षको करियरमा सबै विधामा कुल २५ हजार भन्दा रन बनाएका थिए भने ६०० विकेट लिएका थिए । उनले टेष्टमा मात्र १३ हजार भन्दा बढि रन बनाएका थिए भने एकदिवसिय ११ हजार भन्दा बढि रन बनाएका थिए ।

यस्तै उनले टेष्टमा दुई सय ९२ तथा एकदिवसिय २७३ विकेट लिएका थिए ।

यस्तै पाकिस्तानका पूर्व ब्याट्सम्यान अब्बासलाई पनि आइसीसीले यो अवार्डबाट सम्मानित गरेको छ । अब्बास पाकिस्तानका लागि पहिलो पटक दोहोरो शतक बनाउने खेलाडी हुन । टेष्ट र एकदिवसियमा पाकिस्तानका रन मेसिन बनेका अब्बासले इंग्ल्याण्डविरुद्ध पहिलो पटक दोहोरो शतक बनाएका थिए । उनले त्यो बेला नौ घण्टासम्म क्रिजमा बसेर रन बनाएका थिए ।

उनले १९७१ मा नै दुई सय ७४ रनको उत्कृष्ट पारी खेलेका थिए । पाकिस्तानका लागि ७८ टेष्टमा पाँच हजार ६२ रन बनाएका थिए भने एकदिवसियमा उनल ६२ खेलमा दुई हजार ७२ रन बनाएका थिए । जसमा उनले एक सय ५३ रनको उच्च स्कोर बनाएका छन । यसका साथै उनले निकै लामो समयसम्म इंग्ल्याण्डमा काउन्टि क्रिकेट खेलेका थिए ।

यस्तै अष्ट्रेलियन पूर्व महिला क्रिकेटर लिसाले आफ्नो करियरमा दुई पटक महिला विश्वकपको उपाधि दिलाएकी थिइन । यसका साथै उनले १२ बर्षको करियरमा एकदिवसिय क्रिकेटमा हजार रन बनाउने र एक सय विकेट लिने पहिलो महिला खेलाडी हुन ।

सन् २०१३ को विश्वकप जितेपछि उनले आफ्नो करियरलाई विश्राम दिएकी थिइन ।

पछिल्लो पटक उनी क्रिकेटको कमेन्टेटरका रुपमा ब्यस्त रहेकी छिन । उनी महिला कमेन्टेटरमा चर्चित नाम पनि हो । उनले आइपीएलमा पनि कमेन्ट्रि गर्ने गरेकी छिन ।

उनले करियरमा आठ टेष्ट खेल्दा चार सय १६ रन बनाएकी थिइन । जसमा उनले शतक पनि बनाएकी थिइन । यस्तै एकदिवसिय खेलमा १२५ रन बनाउँदा दुई हजार सात सय २८ रन बनाइन । जसमा उनले शतक पनि बनाएकी थिइन । यस्तै बलिङमा उनले एकदिवसियमा १४६ विकेट लिएकी थिइन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest