एन्डरसनकाे टेष्ट क्रिकेटमा ६०० विकेट

इंग्ल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले नयाँ रेकर्ड बनाएका छन । उनले टेष्ट क्रिकेटमा ६०० विकेट पुरा गरेका छन ।

पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट अन्तर्गत अबिद अलीको विकेट लिएपछि ६०० विकेटको कोशढुंगा पुरा गरेका हुन ।

पाकिस्तान विरुद्धको पहिलो पारिमा पाँच विकेट लिएका ३८ बर्षे जेम्सले तिब्रगतिका रुपमा ६०० विकेट लिने पहिलो बलर बनेका हुन ।

टेष्ट क्रिकेटमा ६०० विकेट पुरा गर्ने उनी चौथो बलर हुन । यसअघि ६०० विकेट लिने खेलाडीमा तीनै जना स्पिनर रहेका छन ।

जसमा श्रीलंकन मुथैया मुरलीधरन, अष्ट्रेलियाका सेन वार्न, भारतका अनिल कुम्ब्ले रहेका छन ।

सन् २००३ मा जिम्बावेविरुद्धको टेष्ट खेलबाट डेब्यु गरेका एन्डरसन इंग्ल्याण्डको सर्वाधिक सफल बलरपनि बनेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest