क्यानको साधारण सभा स्थगित

नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको छ ।

क्यानले रिलिज जारी गर्दै भदौको दोस्रो साता हुने भनिएको साधारण सभा स्थगित भएको छ । कोरोनाको महामारीका कारण अहिले नेपाली खेलकुद अस्तब्यस्त बनेको छ ।

क्यानको नयाँ कार्यसमिति आएपछि पहिलो पटक बिधान अनुसार बार्षिक साधारण सभा भैरहवामा गर्ने निर्णय गरेको थियो । तर कोरोनाका कारण त्यो योजना सार्नु परेको छ ।

क्यानले अब साधारण सभा कहिले हुन्छ त्यो अर्को सुचनाबाट जानकारी दिने बताएको छ ।

क्यानले यस अघि भदौ १५ भित्र साधारणसभा गर्ने जनाएको थियो ।

गत साउन ५ गते बसेको क्यानको कार्यसम्पादन कमिटिको बैठकले मध्ये भदौ भित्र साधारणसभा सक्ने निर्णय गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest