क्यानले १८ महिला खेलाडीकाे काेराेना बीमा

नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला क्रिकेटरहरुको बीमा गरेको छ । कोरोना भाइरसको महामारीका बेला क्यानले आज १८ जना महिला खेलाडीहरुको बीमा गरेको हो ।

गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद साग खेलेका महिला खेलाडीहरुको आईएमई जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रति व्यक्ति एक लाखको बीमा गरेको हो ।

पहिलो चरणमै क्यानले महिला खेलाडीहरुको पनि बीमा गर्ने तयारी गरिएकोमा त्यतिबेला डकुमेन्ट नपुग्दा रोकिएको थियो । यसअघि क्यानले खेलाडीसहित ग्राउण्ड स्टाफहरुको पनि बीमा गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest