एन्डरसनकाे रेकर्ड ६०० विकेट पुरा

इंग्ल्यान्डका फास्ट बलर बलर एन्डरसनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरेका छन् ।

घरेलु भूमिमा जारी पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पाँचौ दिन मंगलबार अजहर अलीलाई आउट गर्दै एन्डरसनले टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गरेका हुन् ।

टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् ।

३८ वर्षीय बलर एन्डरसनले १७ वर्ष अघि जिम्बावेविरुद्धको खेलमा पहिलो टेस्ट विकेट लिएका थिए ।

उनले २००३ मा टेस्ट टिममा डेब्यु गरेका थिए । उनले इंग्ल्यान्डका लागि १ सय ५६ खेल खेलेका छन् ।

यस्तै टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन् ।

यस अघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले ६ सय विकेटको कोशेढुंगा पार गरिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest