जमैकाकाे दाेस्राे जित

सन्दिप लामिछानेको टिम जमैका तलावाजले क्यारेवियन प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । आज विहान भएको खेलमा जमैकाले गुएना वारियर्सलाई पाँच विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको गुएनाले निर्धारीत २० ओभरमा नौ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । उसका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाए भने नभिन उल हकले २० रन जोडे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

बलिङमा मुजिब उर रहमानले तीन विकेट लिँदा सन्दिपले एक विकेट हात पारे ।

जवाफमा जमैकाले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा निक्रुमाह बोनेरले ३० तथा जेरमेन ब्ल्याकउड र आन्द्रे रसेलले २३–२३ रन बनाए । यस्तै ग्लेन फिलिप्सले २६ रनको योगदान गरे ।

यो जितपछि जमैकाले चार खेलमा चार अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest