आइपीएलको खेल तालिका ढिलाे हुनुकाे कारण

सेप्टेम्बर १९ तारिखबाट सुरु हुने इन्डियन प्रिमियर लिग आउन तीन साताको समय बाँकी रहेको छ । यस्तोमा अहिलेसम्म बीसीसीआईले आइपीएलको खेल तालिका सार्वजनिक गरेको छैन ।

यसको मुख्य कारण आबुधावीमा बाहिरबाट आउने विदेशीका लागि बनाएको कोरोना नियमले रहेको बताइएको छ । आबुधावीमा दुबई र सारजाहको तुलनामा कोरोनाको नियम अलि फरक र कडा रहेको छ ।

आबुधावीमा प्रवेश गर्ने जो कोहिले पनि अनिवार्य रुपमा स्विकृती लिनुपर्ने र पुगेपछि टेष्ट अपरिहार्य हुनुपर्ने नियम बनाएको छ । त्यसमा पनि आबुधावीमा जो कोहिलाई सहजै प्रवेश पाउन पनि सजिलो छैन ।

आइपीएलका लागि हाल आबुधावीमा रहेका मुम्बई इन्डियन्स, कोलकाता नाइटराइडर्स टिमका पदाधिकारीका लागि यो नियमले केहि असर गरेको छ । उनीहरुलाई सहज रुपमा बाहिर निस्कन कठिन रहेको छ ।

हुन त बीसीसीआईको गर्भनिङ काउन्सिलका प्रमुख ब्रिजेश पटेल र कार्यकारी सिइओ हेमंग अमिन आइपीएलको तालिकाका लागि यूएईमा पुगिसकेका छन । उनीहरुले निरन्तर रुपमा इमिरेट्स क्रिकेट बोर्डलाई कोरोना सम्बन्धी नियमर्ला प्रस्ट पार्न पनि पत्राचार गरिरहेका छन । तर बोर्डले केहि ढिलाई गरेकाले बीसीसीआईले खेला तालिका सार्वजनिक गर्न ढिलाई गरेको हो ।

यो बर्ष आइपीएल खेल्ने टिमका लागि दुबईको गर्मीले निकै चुनौती थप्ने संभावना रहेको छ । जसका कारण दिउसो सकेसम्म कम खेल राख्ने योजनामा बीसीसीआई रहेको छ । खेलाडीहरु प्रशिक्षणका बेला त्यहाँको वाताबरणमा घुलमिल हुने आशा गरिएको छ । आइपीएलका लागि सबै टिमले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest