टी-२० क्रिकेटमा ब्राभाेकाे पाँच सय विकेट

वेष्ट इन्डिजका पूर्व खेलाडी ड्वायन ब्राभोले टी २० क्रिकेटमा पाँच सय विकेट पुरा गरेका छन् ।

सेन्ट लुसिया जुक्स विरुद्धको खेलमा रकिम क्रमलको को विकेट लिएर टी-२० क्रिकेटमा यो आँकडा पार गर्ने पहिलो बलर बनेका छन्।

यसका साथै उनले सीपीएलमा पनि विकेट स‌ँख्या १०० पुर्याएका छन । ४५९ खेलबाट यो आकडा भेट्न उनी सफल भएका हुन्।

१४ बर्षको करियरमा ब्राभो टी २० मा तीन सय र चार सय विकेट लिने पहिलो खेलाडी पनि हुन ।

यो विधामा धेरै विकेट लिने खेलाडीमा श्रीलंकन बलर लसिथ मालिंगा दोस्रो स्थानमा छन । उनले दुई सय ९५ खेलमा तीन सय ९० खेल खेलेका छन ।

३६ बर्षे ब्राभोले टी २० मा २३ वटा फरकसँग खेलेर पाँच सय विकेट पुरा गरेका हुन । उनले धेरै जसो विकेटले आइपीएलमा लिएका छन ।

जसमा उनले एक सय ४७ विकेट हात पारेका छन । चेन्नेईबाट आइपीएल खेल्ने ब्राभो २०१३ र २०१५ मा सर्वाधिक विकेट कर्ता बनेका थिए ।
ब्राभोले अन्तिम पाँच ओभरमा बलिङ गर्दा सर्वाधिक २८३ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest