सन्दिपकाे विकेट लिने क्रम जारी

नेपाली क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा आफ्नो कसिलो बलिङलाई कायमै राखेका छन । उनले बार्बाडोसविरुद्धको खेलमा चार ओभरमा १६ रन दिएर दुई विकेट लिए । तर उनको टिमभने ३६ पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बार्बाडोसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४८ रन बनायो । उसका लागि केली मयेर्सले ८५ रन बनाए । मिचेल सान्तानेरले २० रनको योगदान गरे ।

टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभरमा सन्दिपले तीन बलमात्र दिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फालेका थिए । तेस्रो बलमा दुई रन दिएको उनले चौथो बल पनि डट फाले । त्यसपछि पाँचौं र छैटौं बलमा पनि सन्दिपले एक रनपनि दिएनन् ।

सन्दिपले ब्यक्तिगत दोस्रो ओभरमा मात्र एक रन दिएर एक विकेट लिए । उनले सुरुवाती दुई बल डट फालेका थिए भने तेस्रो बलमा एक रन दिएका थिए । तर चौथो बलमा रासिद खानलाई खाता खोल्न नपाउँदै मुजिवको हातबाट क्याच आउट गराए । बाँकी दुई बल उनले डट फाले । जसका कारण आफ्नो दोस्रो ओभरमा उनले मात्र एक रन दिएर एक विकेट लिए ।

त्यसपछि सन्दिपले टिमको १४ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा चार रन दिएर अर्को एक विकेट लिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि अर्को एक रन खर्चिए । तेस्रो बलमा सन्दिपले नुर्सको विकेट लिन सफल भए । उनले नुर्सलाई बोल्ड गरेका थिए । त्यसपछि बाँकी तीन बलमा मात्र दुई रन खर्चिए ।

आफ्नो अन्तिम ओभरमा भने सन्दिपले आठ रन खर्चिए । त्यसमा पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फालेका थिए तेस्रो बलमा दुई रन खर्चिएका उनले चौथो बल फेरी डट फाले । पाँचौ बलमा चौका खाएका सन्दिपले अन्तिम बलमा एक रन दिए । जसका कारण सन्दिपले चार ओभरमा १६ रन खर्चिएर दुई विकेट लिए ।

जारी प्रतियोगितामा सन्दिपले सात विकेट पुर्याएका छन ।

ब्याटिङमा पनि खेल्ने मौका पाएका सन्दिपले चार रन बनाए । उनले ६ बल खेलेर अविजीत चार रन बनाए । तर उनको टिमले २० ओभरमा नौ विकेट गुमाउँदा ११२ रन मात्र बनाउन सक्यो । जसका कारण ३६ रनले पराजित भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest