काेहली बुबा बन्दै

भारतीय क्रिकेट टाेलीका कप्तान विराट काेहलीले आफु पिता बन्न लागेकाे सार्वजनिक गरेका छन् ।

सामाजिक सन्जालमा आफु र आफ्नी अभिनेत्री पत्नी अनुस्का शर्माकाे तस्वीरसहित उनले आफुहरु आउँदाे जनवरीदेखि २ वाट ३ जना हुने जानकारी गराएका हुन् ।

यी २ सन् २०१७ काे डिसेम्बर ११ मा इटलीमा विवाह गरेका थिए । त्यसअघि केहि समय उनीहरु प्रेममा थिए ।

सन् २०१५ काे एकदिवशीय विश्वकपयता काेहलीले भारतकाे सबै फर्म्याटकाे क्रिकेट टिमकाे नेतृत्व गरिरहेका छन् ।

उनलाइ समकालीन विश्वका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान मानिन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest