जेसाेन राेयले पाकिस्तानसँगकाे टी-२० सिरीज गुमाउने

जेसोन रोयले पाकिस्तानविरुद्धको टी २० सिरीज गुमाउने भएका छन ।

पाकिस्तानसँगको टी २० सिरीजका लागि प्रशिक्षण गरिरहेका बेला उनलाई चोट लागेपछि पुरै सिरीज गुमाउने भएका हुन ।

पाकिस्तासँग तीन टी २० खेलका सिरीजका लागि इंग्ल्याण्डका महत्वपुर्ण खेलाडी मानिएका रोय बाहिरीएपछि टिम केहि दबावमा रहेको छ ।

३० बर्षे रोयको ढाँडको मसल तन्किएको बताइएको छ । जसका कारण उनलाई आरामको आवश्यकता रहेकाले टिम बाहिर भएका छन ।

तीन टेष्टको सिरीज एक शुन्यले जितेको इंग्ल्याण्डले पहिलो टी २० खेल शुक्रबार खेल्नेछ ।

यस्तै दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ । पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।

अष्ट्रेलियासँगको सिरिजमा भने रोय ठिक भईसक्ने बताईएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest